२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”

Author Uttari Morang
बुधबार, साउन ०४, २०७९
चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”

चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएसँगै चर्चित बनेको छ ।

ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन । “आगो बिना बिँडी जल्दैन”बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारले स्वर दिएका छन् ।

कपनगडी सिनेमा र फिल्म क्यु नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित) को छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

भिमनिधि तिवारीको कथामा आधारित चलचित्र ‘झिंगे दाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । यसको मिडिया पार्टनर नेपाल न्यूज बैंक रहेको छ । चलचित्र ‘झिंगे दाउ’ यही भदौँै १७ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।