२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सिद्धार्थ सेकेण्डरी स्कुलले जित्यो राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि

Author Uttari Morang
आइतबार, भाद्र २६, २०७९
सिद्धार्थ सेकेण्डरी स्कुलले जित्यो राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय समितिको आयोजनामा पोखरामा भएको विद्यालय स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैँचा १० मा अबस्थित  सिद्धार्थ सेकेण्डरी स्कुलले हात पारेको छ ।

भाद्र २५ गते अर्थात शनिबार पोखरा सभागृहमा भएको फाइनलमा बागमती प्रदेशलाइ पछि पार्दै सिद्धार्थले उपाधि जितेको हो । फाइनल प्रतिस्पर्धाबाट प्रथम भएको सिद्धार्थ सेकेन्डरी स्कुलले उपाधिसँगै ट्रफी र मेडलसहित १ लाख  प्राप्त गरेको छ ।

प्रतियोगितामा बागमती प्रदेश धादिङको एडभान्स एकेडेमीले दोस्रो र गण्डकी प्रदेश कास्कीको कुमुदिनी होम्सले तेस्रो स्थान प्राप्त गरेका  छन् । द्वितीय हुने एड्भान्स एकेडेमीले ७५ हजार र  तृतीय भएको कुमोदिनी होम्सले ५० हजार प्राप्त गरेका छन् ।
देश भरिका ६ हजारभन्दा बढी विद्यालयहरुले गत असारको अन्तिम हप्तादेखि पालिका स्तरीय प्रतियोगिता गरेका थिए । त्यसपछि जिल्ला स्तरीय र  प्रदेश स्तरीय प्रतियोगिता भएको थियो ।  सातै प्रदेशबाट छनौट भएका एक/एकवटा  विद्यालय फाइनलमा पुगेका थिए ।

फाइनल राउन्डको लागि  प्रदेश १ मोरङबाट सिद्धार्थ सेकेन्डरी स्कुल, मधेश प्रदेश धनुषाको चिल्ड्रेन्स गार्डेन बोर्डिङ स्कुल, बागमती प्रदेश धादिङको एडभान्स एकेडेमी, गण्डकी प्रदेश कास्कीको कुमुदिनी होम्स्, लुम्बिनी प्रदेश रुपन्देहीको कुमरावती इङ्लिस स्कुल, कर्णाली प्रदेश सुर्खेतको इन्टरनेशनल कोअपरेटिभ स्कुल र सुदुर पश्चिम प्रदेश कैलालीको वेस्टर्न कृष्टल एकेडेमी छनौट भएका थिए । सान्त्वना प्राप्त गरेका ४ समूहले  पनि २५/२५ हजार नगद, प्रमाण पत्र र ट्रफी फी प्राप्त गरेका छन् ।