२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

३० करोड लागतमा भेडेटारमा बन्नेभो ५० मिटर लामो ‘स्काई वाक’

Author Uttari Morang
शनिबार, फाल्गुण २७, २०७९
३० करोड लागतमा भेडेटारमा बन्नेभो ५० मिटर लामो ‘स्काई वाक’

धनकुटाको भेडेटारमा ३० करोड रुपैयाँको लागतमा ५० मिटर लामो ‘स्काइ वाक’ बन्ने भएको छ ।

भेडेटारको भ्यू टावर रहेको ठाउँमा सार्वजनिक निजी साझेदारी मोडलमा वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले हाल स्काई वाक निर्माणको काम शुरु गरिसकेको छ । हालसम्म स्काई वाकको लागि जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रवीन्द्र पोख्रेलले जानकारी दिए । ५० मिटर लामो हुने सिसा सहितको स्काइ वाकमा एकै पटकमा २०० जना हिंड्न सक्ने छन् ।

 प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि स्काई वाक संचालकन गर्न अनुमति दिइसकेको वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले जनाएको छ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिकाको सिमानामा पर्ने परियोजनाको निर्माण सन् २०२३ भित्र नै सम्पन्न गर्ने निर्माण कम्पनीको योजना छ ।

वण्डर्स ग्रुपले यसअघि नै इलामको कन्याममा ’कन्याम क्लाउड’ (स्काइ वाक) निर्माण गरिसकेको छ भने काठमाडौंको कमलादीमा ’स्काइ वाक टावर’ निर्माण गरिएको छ ।