२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन

Author Uttari Morang
बिहिबार, आषाढ २१, २०८०
बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन

धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको छ ।

कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम आर्थिक मारमा परेकोले ऋणको किस्ता बुझाउन नसकेकोले ऋणको व्याज घटाउन र कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दे धनकुटा उद्योग बाणिज्य संघले सवै धनकुटाको हिले बजारमा रहेका वितिय संस्थाहरु र बैकहरुमा गई ज्ञापन पत्र बुझाएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष खगेन्द्र विष्ट,सचिव राम वहादुर रायमाझी,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,निर्वतमान उपाध्यक्ष रुकमान तामाग कार्यकारी सदस्यहरु दिजेश शाक्य, नगेन्द्र काफ्ले, यूवा व्यावसायी तथा वरिष्ठ समाजसेवीहरु अमित लो तामाङ, शान्ति खड्का, ईन्द्र तितुङ्ग लगायतका हिले बजारका व्यापारीहरु, कार्यालय सचिव मातृका राई लगायतका उद्योगी व्यापारी तथा व्यावसायलीहरु हिले बजारमा बितिय संस्थाहरु र बैकहरुमा गई ज्ञापन पत्र बुझाएका थिए  ।

हिले बजारमा रहेको ग्लोबल आई एम ई बैक, राष्टिय बाणिज्य बैक,माछापुच्छे बैक ,सप्तकोशी वैक,एन आई सि एसिया बैक ,लक्ष्मी बैक, हिमालयन बैक, नबिल बैक हिले शाखा,जिवन विकास लघु वित्त हिले शाखा, निर्धन उत्थान लघुवित्त बितिय संस्था हिले,मेरो माईक्रो फाईनन्स लघु वित्त,स्वावलम्बलन वित्तिय सस्था हिले,डिप्रोक्स लघुबित्त हिले र नेरुडे लघुवित्त वितिय संस्था हिले शाखामा गई प्रवन्धकहरुलाई ज्ञापन पत्र धनकुटा उद्योग बाणिज्य संघले बुझाएको हो ।

बैकको ऋणको किस्ता बुझाउन नसक्दा बैकको दवाव सहन नसकेका कारण व्यावसायीहरु तनावमा परेको र कतिपय व्यावसायीहरुले त आत्मा हत्या समेत गरेकाले व्यावसाीहरुको लागी बैक तथा वित्तिय संस्थाहरु बिरुद्ध आन्दोलन गर्न बाध्य भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए  ।

आन्दोलनको क्रममा माग पुरा नभए अब बैक तथा वितिय संस्थाहरुका कार्यालयहरुमा धर्ना जुलुस र ताला बन्दी समेत गर्ने धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।