२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

घुस लिएको आरोपमा सुन्दरहरैंचा न.पा.का लेखा अधिकृत पक्राउ

Author Uttari Morang
शनिबार, आषाढ २३, २०८०
घुस लिएको आरोपमा सुन्दरहरैंचा न.पा.का लेखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाट नै पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

शुक्रबार आयोगको टोलीले लेखा शाखाको ढोका बन्द गरेर अन्य कागजात समेत नियन्त्रणमा लिएको थियो ।
ढकालले नगरपालिकाका विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।