२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

तीन महिने अभियान थालेसँगै जाग्न थाल्यो माओवादी

Author Uttari Morang
मंगलबार, भाद्र १९, २०८०
तीन महिने अभियान थालेसँगै जाग्न थाल्यो माओवादी

जनतासँग माओवादी तीन महिने अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा सुन्दरहरैंचामा बृक्षारोपण, डस्टबिन वितरण, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचाले अभियान अन्तरगत ती कार्यक्रम भएका हुन् । अभियानका क्रममा अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाइ स्वागत तथा सम्मान समेत गरिएको छ ।
अभियान अन्तरगत सुन्दरहरैंचा ८ नम्बर वडा कमिटीले डस्फिन बितरण गरिएको छ । त्यसैगरी अभियानका क्रममा गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम समेत दिलाइने नेकपा माओवादी प्रदेश सदस्य तथा जनजाति महासंघ केन्द्रीय सदस्य कन्चन कुलुङले जानकारी दिइन् ।

जनता सँग माओवादी तीन महिने अभियान अन्तरगत बेलबारीमा बिरुवा रोपेर अभियान शुरु गरिएको छ । संस्कृति,पर्यटन तथा नागरिक उडयायनमन्त्री सुदन किराँती लगायतले बेलबारी बहुमुखी क्याम्पसको प्रांगणमा बिरुवा रोपेर गरेका छन । सोही क्रममा १ सय ५० बढी बिरुवा रोपिएका छन ।
नेकपा माओवादी केन्द्रको देशब्यापी रूपमा जनतासँग माओवादी रूपान्तरण अभियान संचालन गरेको छ ।