२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउँदै बेलबारी जेसीज

Author Uttari Morang
सोमबार, भाद्र २५, २०८०
विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउँदै बेलबारी जेसीज

बेलबारी जेसीज वर्ष २०२३ ले विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउने भएको छ ।

सप्ताह अन्तरगत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेटी विभिन्न विधामा कार्यक्रम संचालन गरिने भएको हो ।  सामाजिक, विकास, महिला, बालबालिका र युवाहरुको क्षमता तथा दक्षता विकास गर्न जेसिज सप्ताहका कार्यक्रम महत्वपूर्ण हुने  बेलबारी जेसिजका अध्यक्ष बिपिन आचार्यले बताए ।

जेसिज सप्ताह अन्तर्गत भाद्र २८ गते बुबाको मुख हेर्ने दिन ज्येष्ठ नागरिक सँग जेसीज २९ गते बाल दिवसको दिन बालबालिका सँग जेसीज कार्यक्रम हुनेछ । त्यसैगरी  महिलासँग जेसीज, विकास निर्माणमा जेसीज,  स्थानीय सरकारसँग जेसीज, विद्यार्थीसँग जेसीज र संस्कृति संरक्षणमा जेसीज जस्ता महत्वपूर्ण कार्यक्रम रहेको मुल संयोजक तथा बेलबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष विराज न्यौपानेले बताए ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संयोजक तोकिएको र उहाँहरुले उत्कृष्ट कार्यक्रम सञ्चालन गर्दै सम्पूर्णमा उपस्थितीका लागि सादर निमन्त्रणा गरिएको महासचिव पुष्कल सुवेदी (सियोम) ले जानकारी दिए  । जेसीज सप्ताह बेलबारी जेसीजको एक गहनाका रुपमा रहेको बेलबारी जेसीजका कोषाध्यक्ष जनम नेपाललेबताए ।