२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

मिनी आइसियुसहित उपचार सेवाहरु विस्तार गर्दै धनकुटा अस्पताल

Author Uttari Morang
बुधबार, कार्तिक ०१, २०८०
मिनी आइसियुसहित उपचार सेवाहरु विस्तार गर्दै धनकुटा अस्पताल

 अस्पताल विकास समितिको बैठकले  धनकुटा जिल्ला अस्पतालमा थप सेवा विस्तार गरी थप गुणस्तरीय सेवा  प्रदान गर्दै जाने निर्णय गरेको छ ।

   धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन  तामाङको अध्यक्षतामा भएको बैठकले धनकुटा अस्पतालबाट प्रदान गरिने सेवा विस्तार गरी अझ राम्रो, थप गुणस्तरीय र व्यवस्थित गर्ने लगायतका  निर्णयहरु भएको धनकुटा अस्पतालका प्रमुख डा. अभिताव ठाकुरले वताउनु भयो ।

बैठकमा धनकुटा अस्पताल विकास समितिका सदस्यहरु रोशेष श्रेष्ठ,विजय सन्तोषी राई, ममता अधिकारी,लिलानाथ मिश्र,कृष्ण श्रेष्ठ,अस्पताल प्रशासन शाखाका प्रमुख सिला  सुब्बा ,जिल्ला समन्वय समितिका खगेन्द्र चौलगाई लगायतले धनकुटा अस्पताललाई १ सय शैयाको रुपमा स्तरउन्नती गरी थप सेवाहरु विस्तार गरी नमुनाका रुपमा संचालन गर्नु पर्ने यसका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

बैठकले धनकुटा अस्पतालमा मिनि आई सि यू संचालन गर्ने, बिहान ८ बजेदेखि ओपिडि सेवा संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।

 

 धनकुटा अस्पतालमा स्त्रिरोग विशेषज्ञ डा. अभिताव ठाकुर आउनु भएपछि धनकुटा अस्पतालको सेवामा विस्तार भई धनकुटा अस्पतालको विश्वसनीयता अझ बृद्धि भएको, अस्पतालमा शल्यक्रिया सेवा लगायतका थप सेवा विस्तार भएको र उपचार गर्न आउने बिरामीहरुको संख्यामा समेत वृद्धि भएको छ । धनकुटा अस्पताललाई  एक सय शैयामा विस्तार गर्ने योजना अनुसार भवन निर्माण शुरु भएको छ । धनकुटा अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार गर्दै सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन समन्वय गरी सहयोगका लागि  पहल भइरहेको धनकुटा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले वताउनु भयो ।