२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

ब्रिग्रेड ब्वाइज क्लबले जित्यो छैठौं बेलबारी गोल्डकपको उपाधि

Author Uttari Morang
शनिबार, कार्तिक ०४, २०८०
ब्रिग्रेड ब्वाइज क्लबले जित्यो छैठौं बेलबारी गोल्डकपको उपाधि

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि ललितपुरे टोली ब्रिग्रेड ब्वाइज क्लबले जितेको  छ ।
झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले उछिन्दै ब्रिग्रेडले उपाधि जितेको हो ।

खेल सुरु भएको २ मिनेटमै अभिषेक गुरुङले गरेको गोल मार्फत बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो।  ब्रिग्रेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै उनले गोल गरेका थिए ।
खेलको ३१ औं मिनेटमा ब्रिग्रेड खेलमा फर्कियो । दिपेश आलेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अबस्थामा कसैको नजरमा नपरेका दिपेशले डि एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो ।

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधिबाट बिमुख हुनुपर्यो । दुबै टिमले निक्कै आक्रमक खेल खेले पनि थप गोल हुन नसक्दा खेल ट्राइबेकर तर्फ धकेलियो । ट्राइबेकरमा ब्रिग्रेडका रोशन राना, एन्जल महर्जन ,दिपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र बिक्रम लिम्बुले गोल गरे ।

बिधागत पुरस्कारतर्फ पनि ब्रिग्रेडले कब्जा जमायो । खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ घोषित भए । उत्कृष्ट खेलाडीमा ब्रिग्रेडका जय गुरुङ, उत्कृष्ट गोल किपर विशाल सुनार र डिफेन्स पदम भट्टराई र हाइ स्कोरर दिपेश आले पुरस्कृत हुदा उत्कृष्ट फरवर्ड बिर्तामोडका आशिष चापागाईं घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । असोज २६ गतेदेखि भएको बेलबारी गोल्डकपमा नेपाल र भारतका ८ टोली सहभागी थिए ।

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले बिजेता र उपबिजेता टीम तथा खेलाडीहरुलाइ पुरस्कृत गरे । खेलको बिजेता ब्रिग्रेड ब्वाइज क्लबले ट्रफीसहित ८ लाख र उपबिजेता बिर्तामोडले ५ लाख प्राप्त गरेको छ ।