२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

Author Uttari Morang
आइतबार, पुष ०१, २०८०
प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङबाट काठमाडौपुगेका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछी उक्त प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आईतवार युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू, बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर नितु तथा कोईराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोशी प्रदेश सभाषदहरु ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू र गिता तिम्सिना, कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्री कुमार काफ्ले, तिलक प्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी, कांग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदी र कांग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमै स्थापित गराउन माग गरेका हुन्  ।

भेटवार्ता सकारात्मक रहेको नेताहरूले बताएका छन् ।