२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

Author Uttari Morang
शुक्रबार, बैशाख २८, २०८१
एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ ।
धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो ।
ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का र सविन गुरुगले गोल गरेको थिए । सोही टीमका विश्वास उदास र दिपेश धिमालको प्रहार विपक्षी गोलकिपर विनय श्रेष्ठले रोकिदिएका थिए । यसैगरी राष्टिय जागृतिको तर्फबाट उमेश राई र कुलदिप कार्कीले गोल गरेका थिए भने मिलन राई,प्रवेश दनुवार र सुमित चौधरीको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले रोकिदिएका थिए ।

सेमिफाइनलखेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार ५ रुपैया सहित ट्रफी हात पार्न सफल भए । नगद पुरस्कार तथा ट्रफी र माला छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, संरक्षक मनोहर नारायण श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र आयोजक समितिका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ तथा संयोजक शम्भु प्रधानले प्रदान गरे ।

२०७६ सालमा सम्पन्न १४ औ संरकरणमा एपिएफले उपाधी हात पारेको थियो । शुक्रबार हुने सेमिफाइन खेल आयोजक धनकुटा र विर्तामोड युनार्यटेड क्लव विच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुनेछ । एपीएफ र शुक्रबारको खेल बिजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । शहिद भीमनारायण स्मृती प्रतिष्ठानको आयोजनमा भएको सहिद भीमनारायण गोल्ड कपको बिजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया पुस्कार पाउने छन । गोल्डकपमा जम्मा ८ वटा टिमको सहभागिता रहेको थियो  ।

सहिद भीम नारायण गोल्ड कप धनकुटा जिल्लाकै सवैभन्दा ठूलो फुटवल प्रतियोगिता हो ।

बिक्रम सम्बत २०५५ सालमा स्थापित गोल्ड कपको संस्थापक अध्यक्ष तथा संयोजक राजेश्वर वहादुर श्रेष्ठ छन्  । नेपाली कांग्रेसका यूवा नेत सहिद भमिनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा प्रक्राउ गरी २०३५ सालमा तत्काालिन सरकारले गोली हानी हत्या गरी फासीको सजाय दिएको थियो । उनलाई २०७३ सालमा तकालिन सरकारले राष्टिय सहिद घोषणा गरेको थियो ।