२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सुकुना क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमण, अस्पताल भर्ना

Author Uttari Morang
आइतबार, बैशाख ३०, २०८१
सुकुना क्याम्पसका स्ववियु सभापतिमाथि आक्रमण, अस्पताल भर्ना

सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि चिर्पट प्रहार भएको छ ।

लिम्बूमाथि क्याम्पसको गेटनजिकै शुक्रबार चिर्पट प्रहार भएको हो । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूको  विराटनगरको आर्या न्युरो अस्पतालमा उपचार भइरहेको बताईएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बुलाई सोही क्याम्पसका अनेरास्ववियु अध्यक्ष योगेश दाहालले चिर्पट प्रहार गरेका हुन् ।

अवस्था मध्यम रहे पनि उनको टाउकोमा १० टाँका लगाइएको बताईएको छ । शुक्रबार साँझ उनीमाथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष योगेश दाहालले आक्रमण गरेको भन्ने जानकारी आएको र आक्रमणकारी चिर्पट प्रहार गरेर भागेको र उनको खोजी भईरहेको डीएसपी बस्नेतले बताए ।

क्याम्पस परिसरभित्र विद्यार्थीहरुले क्रिकेटको अभ्यास गरिरहेका बेला दुई पक्षबीच विवाद भएको थियो। सोहि विवाद हुँदा उनीमाथि चिर्पट प्रहार भएको थियो।
यता,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एक बिज्ञप्ति जारी गर्दै सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसको मैदानमा खेल खेल्ने क्रममा बिधार्थीहरुका बीचमा भएको विवाद साम्य पार्न गएका हाम्रो संगठनका स्थायी कमिटी सदश्य तथा सो क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बुमाथि एक आततायी समूहबाट आक्रमणको हाम्रो गम्बीर ध्यानाकर्षण भएको जनाएको छ ।
खेलाडीहरुका बीचमा उत्पन्न विवाद समाधान गर्न जाने क्रममा एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष योगेश दाहालको समूहले पछाडीबाट चिर्पट प्रहार गरी  घाइते बनाएको र हाल उपचाररत रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रशासनले घटनामा संग्लन सबै व्यक्तिहरुमाथि यथाशीग्र कारबाही गर्न आग्रह गर्दै दोषीलाई कारबाही अगाडी नबढाउँदा उत्पन्न हुने परस्थितिको प्रशासन स्वयम नै जिम्मेवारी लिनुपर्ने बिज्ञप्तिमा भनिएको छ।