२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि

Author Uttari Morang
आइतबार, बैशाख ३०, २०८१
विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि

१६ औ संस्करणको सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको उपाधी झापाको युनाईटेड क्लव विर्तामोडले जितेको छ ।

धनकुटाको तल्लो टुडिखेलमा आज सम्पन्न भएको फाईनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यको विरुद्ध तिन गोलले पराजत गर्दै झापाले उपधी जितेको हो । विजेता झापाको युनाईटेड क्लव विर्तामोडले नगद ५ लाख रुपैया सहित ट्रफी मेडल प्रमाण पत्र र उपविजेता एपिएफले दगद २ लाख ५० हजारट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।
झापाको जितमा आशिष चापागाईले ५१ औं मिनेटमा, अभिषेक गुरुङले ६७ औं मिनेटमा र देवेन्द्र तामाङले ९५ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका कप्तान समेत रहेका आशिष चापागाई घोषित भए ।

उनले नगद १७ हजार ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गरे । त्यस्तै विधागत तर्फ झापाका सन्दिप लिम्बु उत्कृष्ट गोलकिपर, देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, अभिषेक गुरुङ उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक योगेश गुरुङ घोषित भए । एपिएफका वुद्धिमान राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही ७ हजार ५ सय ५५ रुपैया र ट्रफी प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ दी म्याच एपिएफका प्रदिप लामा घोषित हुँदै ५ हजार ५ रुपैया प्राप्त गरे ।
विजेता,उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाग,पाख्रिवास नगरपालिकाका मेयर ज्ञान जहादुर गुरुङ, संविधान सभा सदस्य लिला सुब्बा, सरक्षक तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका उपमेयर भिमादेवी खनाल, सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राई, सहिदभूमी गाउपालिका अध्यक्ष मनोज राई , प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, कर्णेल सुमन थापा, नेपाल प्रहरीका एस पी धिरज सिंह चौधरी, सशस्त्र प्रहरीका डि एस पी सुदन भारती, संरक्षकहरु मनोज नारायण श्रेष्ठ, ममता श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई, आयोजक समितिका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, संयोजक सम्भु प्रधान, व्यावसायी सुनिल कुमार डंगोल लगायतले नगद पुरस्कार,मेडल ट्रफी, प्रमाण पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
धनकुटा जिल्लाकै सवैभन्दा ठूलो यो गोल्डकप प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता रहेको थियो । २०५५ सालमा स्थापित गोल्ड कपको संस्थापक अध्यक्ष तथा संयोजक राजेश्वर वहादुर श्रेष्ठ छन्  ।
नेपाली कांग्रेसका यूवा नेत सहिद भमिनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा प्रक्राउ गरी २०३५ सालमा तत्काालिन सरकारले गोली हानी हत्या गरी फासिको सजाय दिएको थियो ।उहालाई २०७३ सालमा तकालिन सरकारले राष्टिय सहिद घोषणा गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।