२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा औद्योगिक प्रर्दशनी, कृषि मेला तथा फुड फेस्टिवल शरु, बिराज र खुइली पनि आउने

Author Uttari Morang
बिहिबार, जेठ १०, २०८१
धनकुटामा औद्योगिक प्रर्दशनी, कृषि मेला तथा फुड फेस्टिवल शरु, बिराज र खुइली पनि आउने

धनकुटाको आद्योगिक ग्राममा प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला र फुट फेस्टिवल एवं सास्कृतिक उत्सव शुरु भएको छ ।

जेष्ठ १७ गतेसम्म संचालन हुने प्रदशनीमा कोशी प्रदेशका वभिन्न जिल्लाहरुका घरेलु तथा साना उद्योगहरु उत्पादन गरेका सामाग्रीहरु र हस्कलाका समाग्रीहरु गरी ३४ वटा स्टलहरु र विभिन्न जातीय खानाका ७ वटा परिकारहरुको स्टल छन् ।
प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला र फुड फेस्टिवल एवं सास्कृतिक उत्सवमा जेष्ठ १० गते लोकप्रिय गायक रचना रिमाल, जेष्ठ ११ गते यूवा गायक गौरवनारायण सिंह राई, जेष्ठ १२ गते चर्चित गायक समिक्षा अधिकारी, जेष्ठ १३ गते यूवा गायक यस कुमार,जेष्ठ १४ गते अहिलेका चर्चित गायिका शान्तिश्री परियार, जेष्ठ १५ गते वहुचर्चित गायिका ज्योति मगर ,जेष्ठ १६ गते चर्चित हास्यकलाकारहरु विराज गन्धर्व र नबिना सिलवाल (खुईली) को रमाइलो प्रस्तुती रहने छ ।

यसैगरी जेष्ठ १७ गते सवैको मन वस्न सफल बहुचर्चित यूवा गायक प्रमोद खरेलको विशेष प्रस्तुतीका साथ ९ दिने कार्यक्रम समापन हुने आयोजक समितिले जनाएको छ ।
साथै बालबलिकाहरुका लागि रमाईले बाल उद्यान पनि धनकुटाको औद्योगिक ग्राममा संचालन भैरहेको प्रर्दशनी रहेको छ ।

कोशी प्रदेशका मुख्य मन्त्री हक्मत कार्कीले बुधबार प्रदर्शनी तथा फेस्टिबल उद्घाटन गरेका छन् ।  उद्घाटन कार्यक्रममा बोल्दै मुख्य मन्त्री हिक्मत कार्कीले विगतमा धनकुटा प्रमुख प्रशासकीक केन्द्र भएको र हाल धनकुटा प्रदेशको राजधानी नबन्दा धनकुटावासीको चित्त दुखेकोले धनकुटाबासीलाई आशा जगाउने चित्त बिझ्ने किसिमका विशेष योजनाहरु प्रदेश सरकारले ल्याउने वताए ।

उद्घाटन कार्यक्रममा  कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना राज्य मन्त्री प्रदेश सदस्य निरन राईले, धनकुटा नगरपालिकामा मेयर चिन्तन तामाग, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, प्रमुख जिल्ला अधिकार पुण्य बिक्रम पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष अञ्जु उपाध्याय, औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महत, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतले धनकुटा औद्योगिक ग्राममा उद्योग स्थापना गरी विशेष योजना ल्याउन मुख्य मन्त्रीलाइ आग्रह गरेका छन् ।

धनकुटा उद्योग ग्राम संचालन समितिका अध्यक्ष तिलक महतको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा घरेलु कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा औद्यौगिक ग्रामको वारेमा जानकारी गराएका थिए ।