२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एक करोडको कारोबार गर्दै सकियो प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला

Author Uttari Morang
शनिबार, जेठ १९, २०८१
एक करोडको कारोबार गर्दै सकियो प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला

आद्योगिक ग्राममा संचालन भएको ९ दिने कोशी प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सव आज सम्पन्न भएको छ ।

प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुट फेस्टिवल एवं सास्कृतिक उत्सवमा प्रर्दशनका लागी धनकुटा लगायत यस प्रदेशका विभिन्न ११ जिल्लाहरुका गरी ३४ वटा स्टलहरु र ४ वटा जातीय खानाका स्टलहरु रहेका थिए ।
९ दिन सम्म संचालन भएको उक्त प्रर्दशनीमा ५३ हजार ४ सय ८३ जनाले प्रत्यक्ष रुपा अवोलकन गरेका थिए ।  प्रर्दशनीलाई भव्य रुपमा सफल बनाउन जेष्ठ १२ गते एकल जातिय संस्थाहरुको जातीय नृत्य प्रतियोेगिता र जेण्ठ १३ गते खुल्ला विद्यालय स्तरय लोक नृत्य प्रतियोगिता गरिएको थियो । भने दैनिक स्थानीय तथा राष्टिय स्तरका चर्चित कलाकारले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका महासविच अम्विका धमलाका अनुसार प्रर्दशनीमा करिव १ करोड कारोवार भएको छ ।
प्रर्दशनीको समापन समारोहमा धनकुटाका उत्कृष्ट उद्यमी तथा व्यावसायीहरु दिनेश अमात्य, रामानन्द प्रसाद रामा, कुसुम राना,रेणु श्रेष्ठ, डिल्लीराम राई, चिरञ्जिवि राई, भक्त कार्की, लगायत ७ जनालाई सम्मान गरिएको थियो ।
समापान समारोहमा पूर्व मन्त्री थापा,संविधान सभा सदस्य लिला सुब्बा,जिल्ला समन्वय समिति धनकुटका उपप्रमुख सावित्रि राई, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी राज वाबु महर्जन,नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,घरेलु कार्यालयका प्रमुख ईश्वर थापा लगायतले पुरस्कार तथा प्रमाण पत्र र मायाको चिनो वितरण गरेका छन् ।
प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेलाको उद्घाटन जेष्ठ ९ गते कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले र फुड फेस्टिवल एवं सास्कृतिक उत्सव को उद्घाटन संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईले गरेका थिए । समापन राष्टपतिका राजनैतिक सल्लाहकार पूर्व मन्त्री संविधान सभा सदस्य सुनिल वहादुर थापाले गरेका छन् ।
प्रदेश स्तरीय औद्योगिक प्रर्दशनी तथा कृषि भेला , फुड फेस्टिवल एवं सास्कृतिक उत्सवको मुख्य सहयोगी कोशी प्रदेश सरकार कृषि,उद्योग तथा सहकारी मन्त्रालय,घरेलु तथा साना उद्योग कार्यालय ,धनकुटा औद्योगिक ग्राम संचालक समिति,धनकुटा नगरपालिका,पाख्रिवास नगरपालिका,महालष्मी नगरपालिका ,सहिदभूमी गाउपालिका,सागुरीगढी गाउपालिका,चौविसे गाउपालिका,छथरजोरपाटी गाउपालिका, र मुख्य प्रायोजक,राष्टिय बाणिज्य बैक,प्रायोजक नेपाल टेलिकम,टुर्वग वियर, साल्ट टेडिक,हिमाल रेमिन्ट लगायतका कम्पनी तथा निकायहरु थिए ।