२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एसईईमा अन्नपूर्ण मावि पथरीले पनि  ल्यायो उत्कृष्ट नतिजा

Author Uttari Morang
सोमबार, आषाढ १७, २०८१
एसईईमा अन्नपूर्ण मावि पथरीले पनि  ल्यायो उत्कृष्ट नतिजा

माेरङ पथरी शनिश्चरे-१ मा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ ।

विद्यालयका प्राचार्य वीरेन्द्र गुरुङका अनुसार  एसइइमा क्रमशः फूलकुमारी चाैधरीले ३.८६ जीपीए, परिना खड्काले ३.७९ जीपीए, कञ्चन लिम्बूले ३.७५ जीपीए, दिलासा धिमालले ३.६२ जीपीए , गुञ्जन दुलाल र कञ्चन लिङथेपले ३.६१ ल्याएका छन् । त्यसैगरी २८ जनाले ३.६० जीपीए भन्दामुनि ३ .०० जीपीएसम्म नतिजा ल्याएको विद्यालयका शैक्षिक संयाेजक सुरेश थापाले जनाए।  यस्तै गुणस्तरीय र व्यहारिक शिक्षा दिंदै आएकाे यस विद्यालयमा सीपमूलक सिकाइ शिक्षणमा जाेड दिइएकाे प्राचार्य गुरूले सुनाए।

वि.स.२०६० सालदेखि यस विद्यालयमा प्लस_ टु´ व्यवस्थापन सञ्चालन भइरहेको छ। हाल यस विद्यालयमा कक्षा पिजीदेखि कक्षा- १२ सम्मका कक्षाहरूमा ६ सय बढी  विद्यार्थीहरूले अध्ययन गदैे आएका छन्। ४ दर्जन बढी शिक्षक कर्मचारी रहेको याे विद्यालय पथरी शनिश्चरे नगरकाे दाेस्राे विद्यालयका रूपमा परिचित छ। पर्याप्त क्षमताको भाैतिक संरचनाहरूले भरिपूर्ण याे विद्यालय मदनबहादुर थापाले स्थापना गरेका थिए ।