२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नोवेलद्वारा एम. वि. वि. एस. र वि. डि. एस. पुरा गरेका ५० जनालाइ विदाई

Author Uttari Morang
मंगलबार, साउन ०१, २०८१
नोवेलद्वारा एम. वि. वि. एस. र वि. डि. एस. पुरा गरेका ५० जनालाइ विदाई

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एम. वि. वि. एस. र वि. डि. एस. अध्ययन सफलतापूर्वक समापन गरेका चिकित्सकहरुलाइ एक विदाई कार्यक्रम गरेको छ ।
नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घिमिरे, सह प्राचार्य प्रा. डा. ऋतु बराल, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, दन्त विभाग प्रमुख डा. सरताज सिंह वाजिर, डा. रितेश गिरी, बालरोग विशेषज्ञ तथा इन्टर्न संयोजक डा. बविता खनाल लगायतका पदाधिकारीहरुले खादा र टिका लगाएर विद्यार्थीहरुलाइ बिदाइ गरेका हुन्  ।
यस बर्ष एम. वि. वि. एस. तर्फ ४४ जना र वि. डि. एस. तर्फ ६ जना विद्यार्थीहरुले आफ्नो अध्ययन समाप्त गरी दक्ष चिकित्सकको रुपमा समुदायमा सेवा गर्न योग्य भएपछि  विदाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको नोबेल हस्पिटलले जनाएको छ  ।