२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कला/संस्कृति

धिमाल जातिको रहनसहनमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

Author Uttari Morang
शुक्रबार, साउन ३२, २०८१
धिमाल जातिको रहनसहनमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

 धिमाल प्रथम जातिको अन्वेषण तथा खोज-अनुसन्धानमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक भएको छ ।

बेलबारी नगरपालिकाको बसोबास रहेको प्रथम धिमाल जातिको अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तकमा बेलबारी नगरपालिका भित्रका धिमाल टोलहरूको वस्तुगत अवस्था, स्थाननाम, ऐतिहासिक प्रमाण, जीवित संग्राहलय तथा होम स्टे सम्भावना लगायतको विषयहरु समावेश गरिएको अनुसन्धाता अजित कुमार धिमालले बताए ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा बेलबारी नगरपालिकाको सभा हलमा शुक्रवार आयोजित एक  कार्यक्रममा सो पुस्तक सार्वजनीकिकरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले पुस्तक सार्वजनीकिकरण गरेका थिए । कार्यक्रममा लेखक तथा पूर्व सांसद हर्कमान तामाङ विशिष्ट अतिथि थिए ।

कार्यक्रमका अतिथिहरुले राम्पुका दामा पुस्तक धिमाल जातिको अध्ययन, अनुसन्धान गर्ने व्यक्तिहरूको लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री बनेको बताएका छन् । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमालले धिमाल जातिको महत्त्वपूर्ण तथ्याङ्क र ऐतिहासिक ज्ञानहरू पुस्तकमा संग्रहीत भएको बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था तथा धिमाल अगुवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा समाजसेवी तथा राजनीतिज्ञ तिलक राई, प्रताप थापा, धिमाल जातीय विकास केन्द्र, राष्ट्रिय सभाका उपसभापति कवीन्द्रराज धिमाल, नेकपा (माओवादी केन्द्र) बेलबारी नगर समितिका उपाध्यक्ष मनकुमार गुरुङ, जातीय संस्थाहरूको तर्फबाट कमल गुरुङ लगायतले मन्तव्य राखेका थिए  ।

त्यस्तै सोही कार्यक्रममा बेलबारी नगरपालिकाको सहयोगमा काेशी नेपाल मिडियाले निर्माण गरेको धिमाल जाति सम्बन्धी एक डकुमेन्ट्री समेत  सार्वजनिक गरिएको छ ।