२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै

Author Uttari Morang
शनिबार, भाद्र १५, २०८१
सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै

असोज ११ गतेदेखि सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुने भएको छ ।
यसअघि डाँगीहाट युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक नाम परिवर्तन गरी डाँगीहाट एल एक्स सीटी क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
अन्य बर्षहरुमा नेपाल र भारतका आठवटा टीमहरु सहभागी हुने गरेकोमा यस बर्ष १० वटा टीमहरु सहभागी हुनेछन् ।
रनिङ्ग कपमा अढाई तोला चाँदी र दुई तोला सुन रहनेछ, जसको मुल्य करिब सात लागि लाख हुनेछ । तर लगातार तीनपटकको बिजेताले मात्र सो कप पाउने आयोजकले जनाएका छन् । आयोजकले पत्रकार सम्मेलन गरेपनि स्थानीय क्षेत्रमा रहेका सिमित सञ्चारकर्मीहरुलाइ मात्रै खबर गरिएको थियो ।
लक्ष्मीमार्गस्थित प्रस्तावित डाँगीहाट रंगशालामा हुने प्रतियोगितामा मुख्य सहयोगी बेलबारी नगरपालिका र मुख्य प्रायोजक आरजु राइस मिल छन् । प्रतियोगितामा ७० लाख आम्दानी र करिब ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजक डाँगीहाट एल एक्स सीटी क्लब, झापा ११, झापा, रारा फुटबल क्लब, राजारानी, भोजपुर फुटबल क्लब, चर्च ब्वाइज क्लब, सहलेस युथ क्लब सिराहा, ब्रिगेद ब्वाइज क्लब, काठमाडौ, वेष्ट बंगाल, भारत, बुटवल क्लब र नेपाल पुलिस क्लब गरी १० वटा टीम सहभागी हुने बेलबारी ११ का वडाध्यक्ष तथा आयोजक एल एक्स सीटी क्लबका अध्यक्ष बिक्रम बान्तवाले जानकारी दिए ।

सातौ गोल्डकपको बिजेताले ८ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने भए पनि तीन पटकको बिजेता टीमले मात्र ट्रफी हात पार्नेछ । त्यस्तै उपबिजेताले नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । छैठौं गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको थियो ।