२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

विशेष सहुलियतमा स्तन क्यान्सरको पूर्ण उपचार गराउँदै नोबेल

Author Uttari Morang
शनिबार, आश्विन १९, २०८१
विशेष सहुलियतमा स्तन क्यान्सरको पूर्ण उपचार गराउँदै नोबेल

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको अक्टोवर महिनाभरी स्तन क्यान्सरको उपचारमा विशेष छुट वा सहुलियतमा उपचार प्रदान गर्ने भएको छ ।

विश्वभर महिलामा हुने क्यान्सरहरू मध्ये पहिलो नम्बरमा पर्ने स्तन  क्यान्सरको सुलभ र सहज उपचारका लागि नोबेलले विशेष छुटको सुविधा ल्याएको हो ।

अस्पतालले मेमोग्राफी परीक्षणमा ७५ प्रतिशत, बायोप्सी परीक्षणमा ५० प्रतिशत तथा रोग पहिचान भइसकेपछि अन्य सामान्य उपचारमा ५० प्रतिशत, स्तन क्यान्सरको शल्यक्रियामा २५ प्रतिशत र रेडिएसन थेरापीमा २५ प्रतिशत छुट दिने निर्देशक डा. राजेश नेपालले बताए ।

हाल नोबेलमा क्यान्सरका सवै सुविधा उपलव्ध रहेकोले महिलाहरुलाई परीक्षण गरी स्तन क्यान्सर भए नभएको पहिचान गर्न सजिलो हुने र क्यान्सर भएको पत्ता लागेमा उपचार पनि सहजै प्राप्त गर्ने डा. नेपालले बताए  । उनले भने  “पहिला जस्तो अव उपचारका लागि भारत नै जानु पर्ने अथवा भरतपुर गएर महिनौं पालो पर्खनु पर्ने अवस्था छैन ।”

नोबेलका क्यान्सर रोग विशेषज्ञ डा. प्रदिप भण्डारीका अनुसार नोबेलमा स्तन क्यान्सरको उपचारमा शल्यक्रिया, केमो थेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी र रेडिएसन थेरापी जस्ता आवश्यक सवै सुविधा उपलव्ध छन् ।

नेपाल मै पहिलो पटक भारतका केही अस्पतालमा मात्रै भएको भेरियन कम्पनीको मेशिन र म्यामोसाइट प्रविधि पनि नोबेलमै भएको उनी बताउँछन् ।

सन् १९८५ बाट अमेरिकी क्यान्सर सोसाइटीले सप्ताहव्यापी स्तन क्यान्सर सचेतना कार्यक्रमबाट सुरु गरेको यो अभियान बार्षिक विभिन्न नाराका साथ मनाइने गरिएको छ । “कसैले एक्लै स्तन क्यान्सरको सामना गर्न हुँदैन” भन्ने नारासहित नेपालमा पनि यो अभियान संचालन भएको छ ।