२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

दलीय भागबण्डाका आधारमा बन्यो बेलबारी क्याम्पसको सञ्चालक समिति, परेनन् महिला

Author Uttari Morang
मंगलबार, आश्विन २२, २०८१
दलीय भागबण्डाका आधारमा बन्यो बेलबारी क्याम्पसको सञ्चालक समिति, परेनन् महिला

एकजना पनि परेनन्  महिला
मोरङ बेलबारी मा रहेको बेलबारी बहुमुखी क्याम्पसमा पनि दलीय भागबण्डाबाट नयाँ समिति चयन भएको छ ।
अध्यक्ष सहित ३ जना एमाले, कोषाध्यक्ष सहित ४ जना काँग्रेस र उपाध्यक्ष सहित ३ जना माओबादीको भागमा पर्नेगरी भागबन्डा गरेर समिति बनाइएको हो । सामाजिक क्षेत्रमा सक्रिय एकजनालाई सदस्य बनाईएको छ । समितिमा महिला भने कोही परेका छैनन् ।
गठित क्याम्पस सञ्चालका समितिको अध्यक्षमा पुर्ब अध्यक्ष समेत रहेका प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, उपाध्यक्षमा माओबादीका बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, कोषाध्यक्षमा काँग्रेसका क्षेत्रीय सचिब राजेन्द्र अधिकारी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा मोहन गुरुङ, झमक कट्टेल, जनक पोख्रेल ,ज्ञानुराज राई ,शिव बराल , माधवराज थापा , रामकुमार राई र बिन्देश चौधरी चयन भएका छन ।
क्याम्पसको पाँच सदस्यीय लेखा समिति पनि गठन भएको छ । जसमा लेखा संयोजकमा गोविन्दबहादुर कार्की तथा सदस्यमा प्रदिप श्रेष्ठ , राजेन्द्र प्रसाद सापकोटा , मिलन प्रसाई र निरकुमार श्रेष्ठ चयन भएका छन ।
बेलबारीमा बिगतदेखि नै सबैजसो संघसंस्थामा दलीय भागबन्डा गर्ने चलन छ । गत बर्ष सबै सामुदायिक विद्यालयका ब्यबस्थापन समितिहरु पनि दलीय भागबन्डाकै आधारमा गठन भएका थिए ।