२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पथरीका किराना तथा माछा पसलमा नगरपालिकाको अनुगमन

Author Uttari Morang
मंगलबार, आश्विन २२, २०८१
पथरीका किराना तथा माछा पसलमा नगरपालिकाको अनुगमन

पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ ।
नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमनमा म्याद नाघेका खाद्यान्न लगायतका किराना आइटम, पेय पदार्थहरु डिस्पोज गरिएको थियो । यसैगरी माछा पसलहरुमा मरेका माछाहरू फ्रिजमा राखिएका खान अयोग्य माछाहरुलाई नियन्त्रण गरी डिस्पोज गरिएको हो ।

अनुगमनका क्रममा पसल दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न निर्देशन दिइएको थियो ।
सो अनुगमनमा अनुगमन समितिका सदस्य एवं वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, वडा नं. १ का अध्यक्ष भिम राई, वडा सदस्यहरू, नगरका राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थ्य शाखा सिअहेव अधिकृत एकराज खत्री, प्रा.स. पशुपंक्षी शाखा जनक चौधरी, इप्रका पथरीका प्रतिनिधिहरू र नगर प्रहरीहरूको उपस्थिति रहेको थियो ।