२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पब्लिक कम्पनीमा रुपान्तरण भो नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

Author Uttari Morang
शनिबार, कार्तिक ०३, २०८१
पब्लिक कम्पनीमा रुपान्तरण भो नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।

यसअघि प्राइभेट लिमिटेड कम्पनीका रुपमा चल्दै उक्त कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड कम्पनी बनेको हो ।

चिकित्साा शिक्षा अध्यापन गराउने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल अब पब्लिक लिमिटेडमा परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

यसअघि प्रा.लि. रहेको कम्पनी पब्लिक कम्पनी भएसँगै परिवर्तित नाम कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको नोबेल  हस्पिटल प्रशासनले जनाएको छ ।

पक्लिक कम्पनी बनेसँगै अब नोबेल मेडिकल कलेजलाई सर्वसाधारण नागरिकमा आईपीओ निष्काशनको बाटो खुलेको छ ।