२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मृगौला पिडित भट्टराईद्वारा सहयोगको याचना

Author Uttari Morang
बुधबार, कार्तिक १४, २०८१
मृगौला पिडित भट्टराईद्वारा सहयोगको याचना

मोरङ पथरीशनिश्चरे–७ कोसेली चोक निवासी ६५ वर्षिय यमनाथ शर्मा भट्टराई दुवै मृगौला फेल भएर उपचारका लागि सहयोग मागिरहेका छन् ।
विगत १० वर्षदेखि उनी दुवै मृगौला फेल भएर आयुर्वेदिक औषधीको भरमा बाँचिरहेका भट्टराईले पछिल्लो दिनमा विमारले च्याप्दै गएपछि थप उपचारका लागि सहयोगको याचना गरेका हुन् । सुरुमा सिलिगुडीको पतञ्जली अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, पथरी नगर अस्पताल हुँदै अरनिको अस्पताल उर्लाबारीमा समेत उपचारको प्रयास गरेको उनले बताए।
उपचारका लागि हालसम्म ७/८ लाख रुपैयाँ खर्च भइसकेको भट्टराई बताउँछन् । उनका घरमा अशक्त श्रीमती छिन् । उनलाई सहयोग गर्न चाहनेले ९८२७०३१०१७ र ९७०६१३५०९८ मा सम्पर्क गर्न सकिने छ ।