२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिकाका मेयरसहित पाँच पालिका प्रमूखहरु सम्मानित

Author Uttari Morang
बिहिबार, मंसिर १३, २०८१
बेलबारी नगरपालिकाका मेयरसहित पाँच पालिका प्रमूखहरु सम्मानित

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा बेलबारी नगरपालिकाका मेयरसहित पाँच पालिका प्रमूखहरु सम्मानित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाइ सम्मानित गरेका छन् । सम्मानित स्थानीय तहका प्रमुखहरूमा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा र बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्का रहेका छन् ।
अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालनी गरेको योगदानका आधारमा उनीहरूलाई सम्मानित गरिएको हो ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कार्यक्रम आफनै कार्यकालमा शुरु भएको र हालसम्म १७ लाख ९७ हजार श्रमिकहरू यस योजनामा आबद्ध भइसकेको बताए । आगामी दिनमा ६० लाख मजदुरलाई सामाजिक सुरक्षा काषमा समेट्ने लक्ष्य रहेको पूधानमन्बी ओलीको भनाइ छ ।