२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

विभिन्न खेलकुद कार्यक्रमसहित सुकुना स्पोट्स मिट २०८१ सम्पन्न

Author Uttari Morang
आइतबार, मंसिर ३०, २०८१
विभिन्न खेलकुद कार्यक्रमसहित सुकुना स्पोट्स मिट २०८१ सम्पन्न

सुकुना माविको ५३ औं बार्षिकोत्सव तथा अविभावक दिवसको अबसरमा आयोजित सुकुना स्पोट्स मिट २०८१ विभिन्न खेलकुद कार्यक्रमसहित सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अबसरमा मंसिर २७ देखि ३० गतेसम्म विद्यार्थीहरुबिच एथलेटिक्स, फुटबल भलिबल र क्रिकेट प्रतियोगिता सम्पन्न भएका हुन् । फुटबल खेल अन्तरगत गल्स फुटबलमा म्यानेजमेन्टको टीम बिजयी भएको छ । त्यसैगरी ब्वाइज फुटबलमा ब्यबस्थापन ए टीम बिजयी भएको छ । गल्स भलिबलतर्फ होटल म्यानेजमेण्टको टीम बिजयी भएको छ । क्रिकेटमा प्लस टु को टीमलाइ पराजित गर्दै कक्षा ९ र १० को टीम बिजयी भएको छ । त्यसैगरी बिवाहित र अविवाहित शिक्षकहरु बिच आइतबार भएको मैत्रीपुर्ण फुटबल  खेलमा बिवाहित टोली ४-१ गोलले बिजयी भएको छ ।
स्पोर्ट्स मिट अन्तरगत निबन्ध, बादबिबाद, हाजिरीजवाफ चित्रलेखन, हस्तलेखन आदि प्रतियोगिता पनि सम्पन्न भएको र सुकुना स्पोट्स प्रतियोगितामा ६ सय गोल्ड, ६ सय सिल्बर र ६ सय र क्रन्च ६ सय गरी १८ सय मेडल बितरण गरिएको १६ सयभन्दा बढी विद्यार्थीहरु सहभागी भएको सुकना माविका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले बताए ।
विद्यालयले सोमबार अर्थात आज ५३ औ बार्षिककोत्सव तथा अभिभावक दिवस मनाउँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सोमबार ५३ औ बार्षिककोत्सव तथा अभिभावक दिवस मनाउन लागिएको हो ।
बार्षिकोत्सव अन्तरगत सोमबार बिहान रक्तदान कार्यक्रम हुनेछ । त्यसैगरी बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुती, अक्षयकोष छात्रवृत्ति वितरण, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम तथा बिद्यालयको ३ कोठे शैक्षिक भवन उद्घाटन गर्ने कार्यक्रम रहेको गिरीले बताए ।
बार्षिकोत्सव कार्यक्रममा बिज्ञान तथा प्रविधि प्रदशनी र अन्य विविध सास्कृतिक कार्यक्रमहरु पनि रहेको सहायक प्रधानाध्यापक गिरीले जानकारी दिए ।
कोशी प्रदेशकै ठूलो र सामुदायिक स्कुलहरुमध्ये नेपालकै चौथो, नमूना विद्यालयको रूपमा रहेकोे शैक्षिक संस्था सुकुना माविमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । विद्यालयमा हाल हाल ४ हजार २ सय जना विद्यार्थी अध्ययनरत  छन् ।