२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

Author Uttari Morang
सोमबार, पुष १५, २०८१
बेलबारीमा प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै

बेलबारीमा पौष १६ गतेदेखि २७ गतेसम्म कोशी प्रदेशस्तरीय अप टु १५ किड्स खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बेलबारी फुटबल क्लबको आयोजनामा बेलबारी ३ स्थित टुक्रे खेल मैदानमा हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ वटा टीमहरु सहभागी हुनेछन् ।
प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका, सुनबर्सी फुटबल क्लब, न्यु स्टार एकेडेमी, रामधुनी, लालीगुराँस फुटबल क्लब, बिराटनगर, जहदा फुटबल क्लब, धरान सीटी फुटबल क्लब, सुन्दरहरैंचा फुटबल क्लब, एन्फा एकेडेमी, मोरङ, जनपथ फुटबल एकेडेमी, बिराटनगर, जाँते बिकास फुटबल क्लब, उर्लाबारी फुटबल क्लब, ध्रुवतारा स्पोर्टिङ क्लब, दमक, केराबारी गाउँपालिका, लेटाङ फुटबल क्लब र आयोजकको तर्फबाट दुईवटा टीम सहभागी हुनेछन् ।
विभिन्न संघसंस्था एवम् देश बिदेशमा रहेका ब्यक्तिहरुको सहयोगमा हुने प्रतियोगिताको बिजेता टीमले ५१ हजार १ सय ११ र उपबिजेताले २५ हजार ५ सय रुपैयाँ सहित ट्रफी र मेडल पाउनेछ । प्रतियोगिताको खेलका म्यान अफ द म्याचले जुत्ता पाउनेछन् । प्रतियोगिताका बेष्ट प्लेयरलाई गियरवाला साइकल, सर्वाधिक गोलकर्तालाई फुटबल, बेष्ट गोल किपरलाइ फुटबल ग्लोब र बेष्ट मिडफिल्डर तथा बेष्ट डिफेन्डरलाइ ब्राण्डेड फुटबल सुज दिइनेखेल संयोजक तथा आयोजक बेलबारी क्लबका कार्यबाहक सचिव जनक पोख्रेलले जानकारी दिए । प्रतियोगितामा रेडियो बेतना, संयन्त्र मिडिया र कछुवा दैनिक अफिसियल मिडियाका रूपमा रहनेछन् ।