२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

लोक दोहोरी प्रतिष्ठानको ईलाम जिल्ला तदर्थ समिति गठन

Author Uttari Morang
सोमबार, पुष २२, २०८१
लोक दोहोरी प्रतिष्ठानको ईलाम जिल्ला तदर्थ समिति गठन

राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे ईलाम जिल्ला तदर्थ समिति गठन भएकाे छ ।
ईलाम निवासी, राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालकाे संस्थापक केन्द्रीय सदस्य देवी गाैतमकाे अध्यक्षता, प्रदेश संयाेजक राेम घिमिरेको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य ताेयानाथ भट्टराईकाे सञ्चालनमा आइतबार सम्पन्न जिल्ला भेलाले तदर्थ समिति गठन गरेको हो ।
भेलाले याेग प्रसाद घिमिरे (सुवास) काे संयाेजकत्वमा १३ सदस्यीय ईलाम जिल्ला तदर्थ समिति गठन गरेकाे छ । समितिकाे सह-संयाेजकमा विमल गाैतम, सदस्य सचिवमा चन्द्र खत्री र आर्थिक संयाेजकमा रिना घिमिरे छन् । त्यसैगरी सदस्यहरुमा कुमार पाैडेल, लक्ष्मी दाहाल, राेसित कर्मचार्य, बिन्दु निराैला, रबिन्द्र बराल, हरि गाैतम, खेम परियार, चन्द्र भट्टराई, प्रकाश बस्नेत चयन भएका छन् ।