२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बिरहीद्वारा लिखित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ सार्वजनिक

Author Uttari Morang
बुधबार, फाल्गुण ०७, २०८१
बिरहीद्वारा लिखित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ सार्वजनिक

अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु बिरहीद्वारा लिखित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ लोकार्पण भएको छ । बेलबारी बहुमुखी क्याम्पसमा बुधबार आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
बेलबारी साहित्य बिकास समिति, बेलबारीको आयोजना र बेलबारी बहुमुखी क्याम्पस र जुझारु मिडिया एण्ड रिसर्च सेन्टरको सह आयोजनामा बेलबारी बहुमुखी क्याम्पसमा भएको कार्यक्रमको प्रमूख अतिथि कोशी प्रदेशका प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले पुस्तक बिमोचन गरेका छन् ।
कोशी प्रदेश सांसद् ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उप -प्रमुख नितु थापा कोईराला, पूर्व सांसद हर्कमान तामाङ’ , साहित्यकार मिश्र वैजयन्ती, भाषाविद अमृत प्रसाद आचार्य, समिक्षक डा. दिपक न्यौपाने , अनुवादक तथा साहित्यकार छवि विरही, शैक्षिक व्यक्तित्व विनोद ढकाल, बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङ, बेलबारी ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी लगायत विभिन्न साहित्यिक, शैक्षिक अभियान्ता तथा राजनैतिक व्याक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
यसैगरी, बेलबारी साहित्यको विकासमा भाषाविद अमृत प्रसाद आचार्यले कृतिकार विरहीले निरन्तर खोज र अनुसन्धान गरेर विशिष्ट योगदान दिएको बताए। बेलबारी क्षेत्रमा शैक्षिक, राजनीति, साहित्य विकासका लागि शैक्षिक अभियान्ता हर्कमान तामाङको विशिष्ट योगदानको चर्चा गरिएको थियो।
कार्यक्रममा बोल्दै आयोजक बेलबारी साहित्य बिकास समितिका अध्यक्ष रमेश निरौलाले साहित्यको बिकासका लागि समितिले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले पुर्व सांसद हर्कमान तामाङको जीवनीमा आधारित ‘ उपद्रष्टा हर्कमान तामाङ’ लेखेर केशु बिरहीले महत्त्वपूर्ण योगदान गरेको बताए । पुस्तक विक्री भएको ५० प्रतिशत रकम बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माणार्थ खर्च गरिने उद्देश्य राखिएको बेलबारी साहित्य विकास समितिका अध्यक्ष निरौलाले उल्लेख बताए ।
लामो समयदेखि पत्रकारिता गर्दै आए पनि पछिल्लो समय भने पुस्तक लेखन र प्रकाशनमा सक्रिय विरहीले विद्यार्थीहरूमा खोज तथा अनुसन्धानप्रति अभिप्रेरणा जगाउने उद्देश्यले अक्षयकोषको अवधारणा अघि सारेको बताए ।
बेलबारीका अग्रज स्रष्टा, शैक्षिक व्यक्तित्व, पूर्व सांसद हर्कमान तामाङको जीवनीमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ बिक्री गरेर आएको पचास प्रतिशत रकमले बेलबारी बहुमुखी क्याम्पसमा एउटा अनुसन्धान अक्षयकोष खडा गर्ने र त्यसको ब्याजबाट प्राप्त हुने रकमले बेलबारीलाई अध्ययन गर्ने कम्तीमा एक जना विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिने विरहीले बताए ।
बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले यस कार्यले विद्यार्थीमा अनुसन्धानप्रति आकर्षण पैदा गर्ने बताउँदै एउटा महत्त्वपूर्ण कार्यको थालनी गरेकामा लेखलाई बधाईसमेत दिए ।
नेपाली साहित्यका कथा, उपन्यास, गजल, बालकथा एवम् खोज तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथासङ्ग्रह (२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) जस्ता कृतिहरू प्रकाशन गरिसकेका छन्