२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैचाको सिंहवाहिनी आ. वि. का सबै विद्यार्थीलाई सुनिल शर्माले दिए पोषाक

Author Uttari Morang
मंगलबार, फाल्गुण ०६, २०८१
सुन्दरहरैचाको सिंहवाहिनी आ. वि. का सबै विद्यार्थीलाई सुनिल शर्माले दिए पोषाक

मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले मोरङ सुन्दरहरैंचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका छन् ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको पोशाक वितरण कार्यक्रममा, जनप्रतिनिधि, नेपाली कांग्रेस सुन्दरहरैंचा ८ का सभापति गोविन्दबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी अति विपन्न परिवारका भएकाले पोशाक वितरण गरिएको डा. शर्माले जानकारी दिए ।अध्ययनरत सबै विद्यार्थीलाई सर्ट पाइन्ट र सर्ट फ्रक सिलाएर प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला दाहालले बताए ।