२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेतना सिमसारमा नयाँ वर्ष फुड फेस्टिबल

Author Uttari Morang
मंगलबार, बैशाख ०२, २०८२
बेतना सिमसारमा नयाँ वर्ष फुड फेस्टिबल

वेलवारी ४ स्थित बेतना सिमसारमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा फुड फेस्टिबल भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिमसार क्षेत्रमा विरुवा रोप्दै फुड फेस्टिबल उद्घाटन गरेका हुन् ।
कार्कीले कोशी प्रदेशमा वेतना सिमसार समेत एक प्रमुख पर्यटकीय क्षेत्र भएका कारण यसका पूर्वाधार निर्माणमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्राश्वासन दिए ।
गरे। उनी केही दिन अघि उद्घाटन भएको कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सबैलाई आग्रह गरे ।
पर्यटन वर्ष अन्तरगत बेतनामा पहिलोपटक फुड फेस्टिवल आयोजना भएको भन्दै कार्कीले कोशी प्रदेशमा रहेका सगरमाथा देखि केचनाकवल सम्मका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रतरको विकास गरेर पर्यटन वर्ष सफल बनाउन सबैसामु आग्रह गरे ।
वेतना सिमसार सामुदायिक जन उपभोत्ता समुहको आयोजनामा भएको सो कार्यक्रममा बेलवारी नगर पालिकाकी उपप्रमुख नितु थापा कोईरालाले कोशी पर्यटन वर्ष सफल बनाउन वेतना सिमसारले गरेको कार्यक्रमले पनि सहयोग पुग्ने बताइन् ।
बेतना सिमसारका अध्यक्ष शम्भु भट्टराईका अनुसार नव वर्ष २०८२ को पहिलो दिन बेतना सिससारमा पर्यटकहरुको घुईचो लागेको छ ।