२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धार्मिक स्थल अतिक्रमण गर्न खोजिएको भन्दै धिमाल समुदाय आन्दोलित

Author Uttari Morang
आइतबार, बैशाख २१, २०८२
धार्मिक स्थल अतिक्रमण गर्न खोजिएको भन्दै धिमाल समुदाय आन्दोलित

आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीमा धिमाल समुदायले आन्दोलन थालेका छन् ।
प्रकृति पूजक धिमाल समुदायले कानेपोखरी गाउँपालिका—७ स्थित पोखरी भएको स्थल नजिकै बिर्षक रुपमा धार्मिक सांस्कृतिक कार्य गर्दै आएका छन् । सो स्थलमा धिमाल समुदायले पूजा गर्नुको साथै ढोल बजाएर सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् ।
धिमाल समुदायसँग समन्वय नगरी व्यापारिक प्रयोजनको लागि नयाँ संरचनाहरु निर्माण गरेर आफ्नो सांस्कृतिक स्थल कब्जा गर्न खोजेको भन्दै शनिबार धिमाल जातीय विकास केन्द्र लगायतले पत्रकार सम्मेलनको आयोजना गरेर विरोध जनाएको हो ।
केहीदिन अघि निर्माण कार्य सुरु गर्न जेसीबीले खाडल (डोब) खनेपछि शुक्रबार  स्थानीय धिमाल समुदायले डोब (खाडल) पुरिदिएका थिए । पत्रकार सम्मेलनमा वितपरित प्रेस विज्ञप्तिमा धिमाल समुदाय आदिम कालदेखि बसोबास र सांस्कृतिक कार्य गर्दै आएको उल्लेख छ ।
धिमाल समुदायको मुन्धुम, मिथकमा सो स्थल कानि बेराङ र शक्तिसाली महिलाको अलिखित कथा आउने गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो स्थलमा धिमाल समुदायसँग समन्वय नगरी निर्माण थालिएपछि आन्दोलनमा उत्रिनु बाध्य भएको उल्लेख छ । आस्थाको केन्द्रको रुपमा स्थापित सो स्थालमा धम्कुवा गाउँटोलले पूजा गर्दै आएको धिमाल जातीय विकास केन्द्र केन्द्रीय सचिव अजित धिमालले बताए।
पत्रकार सम्मेलनमा केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, स्थानीय जन्तलाल धिमाल, राजकुमार धिमाल, नेपाल आदिबासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष भोजवीर माझी, कानेपोखरी गाउँ समिति डुलु राजवंशी, थारु कल्याणकारिणि सभाका केन्द्रीय पार्षद् लक्ष्मण चौधरी, स्थानीय डिल्लीप्रकाश चौधरी लगायत उपस्थिति रहेका थिए ।
पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा जबरजस्ती अतिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउन ल्याइने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमालले बताए ।
त्यहाँ नयाँ संरचना निर्माणको लागि डोबहरु खन्न थालेपछि धिमाल समुदायले पुरिदिने र फेरी खन्ने दोहोरी हुन थालेपछि स्थानीय धिमालहरुको जम्मा भएर बस्न थालेका छन् । सो स्थलमा टिकट घर, घेराबार लगायत संरचनाको लागि ९२ लाख संघीय सरकारबाट बजेट परेको बुझिएको छ ।