२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

१६ करोड २७ लाख ७४ हजार पुग्यो बेलबारी नगरपालिकाको बेरुजु

Author Uttari Morang
सोमबार, आषाढ १६, २०८२
१६ करोड २७ लाख ७४ हजार पुग्यो बेलबारी नगरपालिकाको बेरुजु

मोरङको बेलबारी नगरपालिकामा ४ करोड ९६ लाख ५ हजार बेरुजु देखिएको छ । २ अर्ब ५५ करोड ९७ लाख ४० हजार लेखा परिक्षण गरिएकोमा सो रकम बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यो सँगै नगरपालिकामा हालसम्मको बेरुजु १६ करोड २७ लाख ७४ हजार पुगेको छ । २०८० । ०८१ को लेखा परिक्षण प्रतिबेदन २०८२ जेठ ६ गते महालेखाले सो प्रतिबेदन दिएपनि बेलबारी नगरपालिकाको आधिकारीक बेभसाईटमा भने सो प्रतिबेदन राखिएको र्छैन । सबै बर्षका प्रतिबेदन राखिनु र जेठमै प्राप्त भएको यो प्रतिबेदन बेभसाईटमा अझैसम्म नराखिनुले समेत शंका उब्जाएको छ ।
बेलबारी नगरपालिकामा केही कर्मचारीहरुको मिलेमोतोमा ब्यापक अनियमितता भईरहेको आरोप लागिरहँदा यो बेरुजुको बढदो ग्राफले समेत शंकालाई बल पुगेको देखिन्छ ।