२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

चार सहकारी मिलेर बनेको केराबारी साकोसको कार्यालय उद्घाटन

Author Uttari Morang
मंगलबार, आषाढ २४, २०८२
चार सहकारी मिलेर बनेको केराबारी साकोसको कार्यालय उद्घाटन

चार ओटा सहकारी मर्ज भई वनेको केराबारी साकोसको आइतबार कार्यालय उद्घाटन भएको छ ।केराबारी ८ स्थित संस्थाको कार्यालयमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले रिवन काटेर कार्यलय उद्घाटन गर्नुभएको हो ।

केराबारीमा विगत लामो समयदेखि चल्दै आएको सामुदायिक साकोस्,खदम हिल साकोस्,लक्षित बहुदेशिय सहकारी संस्था र शुभारम्भ साकोसको सम्पुर्ण कारोबार मर्ज गरी एकिकृत रुपमा कारोबार सुरु गरेसंगै आज औपचारिक रुपमा कार्यालय उद्घाटन गरिएको हो ।
संस्थाको जग्गा वडा न.१० मा रहेपनि कार्यालय भवन नबनिञ्जेल सम्म हाललाई वडा नं.८ स्थित मच्छिन्द्र चोक देखि २सय मिटर पूर्वमा कार्यालय राखिएको छ । संस्थाको औपचारिक उद्घाटन संगै गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगरले संस्थालाई एकिकृत कारोबार भएको प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो ।

मर्ज भए पश्चात २०८२ जेष्ठ मसान्त सम्मको कारोबार अनुसार संस्थाको कुल शेयर पूँजी ३ करोड ९४ लाख ९३ हजार २सय,निक्षेप ५करोड ८६ लाख ५४ हजार ६ सय ४२ रुपैया,जगेडा कोष १ करोड ७लाख ६३ हजार ३ सय १० रुपैया पुगेको छ ।

कार्यालय उद्घाटन गर्नुहुदै पालिका अध्यक्ष मगरले संस्थाको एकिकृकत कारोबार गरेर कार्यालय उद्घाटन गर्नु यो नै हाम्रा लागि एतिहासिक खुशीको दिन हो । अब अन्य सहकारीहरुले पनि मर्जमा जानुको विकल्प छैन । छरिएर रहेको पूर्जी एकै ठाउँ हुँदा शेयर सदस्य र बचत सदस्यहरुलाई पनि फाइदा पुग्छ । यस अभियानमा लाग्नु हुने संस्थाका जिम्बेबार सबै पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु अध्यक्ष मगरले भन्नुभयो ।

कार्यक्रममा सहकारी मर्जर समितिका संयोजक डिल्लीराम शर्मा अधिकारी, ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले पनि शुभकामना व्यक्त गर्नुभएको थियो , ८ नम्बर वडाध्यक्ष कमल कुमार बस्नेत,खदम क्याम्पसका क्याम्पस प्रमुख टेकवहादुर थपलिया,आयात साकोसका अध्यक्ष लक्ष्मण ठाकुर,नवपाइला साकोसका अध्यक्ष पदम तामाङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विन्दा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।