२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

केराबारीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Author Uttari Morang
शनिबार, आषाढ २१, २०८२
केराबारीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

केराबारीमा शुक्रबार वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोरङ उद्योग ब्यापार संघको आयोजना तथा नोवल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा केराबारी ब्यापार प्रबन्ध समितिको संयोजन र व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

फेवा सेकेण्डरी .बो.स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो शिविरमा ६ सय भन्दा वढी विरामीले १हजार वढी विभिन्न स्वास्थ्य उपचार सेवा लिएका छन् । शिविरमा नाक,कान,घाटी सम्बन्धि ६५ जना,दन्त सेवा सम्बन्धी ७० जना,आखा जाँच सेवा,१५० जना, हाडजोर्नी तथा नशा रोग सम्बन्धी २५८ जना,रेडियोलोजी तथा भिडियो एक्सरे सम्बन्धि १सय ७ जना,शल्यक्रिया परामर्ष सम्बन्धि ४३ जना,स्त्री सम्बन्धि८५ जना,बालरोग सम्बन्धि १२५ जना,मुटु रोग तथा इसिजी सम्बन्धि १सय जना, ल्याब ५०जना, मेडिसिन ३० जना, सहित १ हजार ५० वढीले स्वास्थ्य सेवा उपचार लिएको केराबारी ब्यापार पबन्ध समितिका अध्यक्ष किशन शाहीले जानकारी दिनुभएको छ ।

नोवल मेडिकल कलेज टिचिंग हस्पिटलले स्वास्थ्य ग्रामिण क्षेत्रका विपन्न नागरिकहरु सहित विभिन्न विरामीहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको र स्वास्थ्य मरामर्ष संगै शिविरमा उपचार गराउन आएका विरामीहरुलाई ३५ दिन भित्र उपचार गराउन हस्पिटल आए २५ प्रतिसत समेत छुट दिने व्यवस्था गरिएको स्वास्थ्य कार्यक्रम संयोजक नविन दाहालले बताउनुभयो ।

कार्यक्रममा केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले झण्डै डेट दुइ महिना अघि बाट शिविर ल्याउन पहल गरिरहेको र केराबारीका उद्योगी व्यवापारी व्यवासायीहरलाई लक्षित गरी दुर दराज र ग्रामिण क्षेत्रका मानिसलाई पनि निशुल्क सेवा उपलब्ध गराउन मोरंग उद्योग व्यापार संघको समन्वयमा कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा मोरंग उद्योग व्यापार संघका अध्यक्ष पवन कुमार शारडाले व्यापार संघले विभिन्न कार्यक्रम गर्दै आइरहेको बेला स्वास्थ्य क्षेत्रमा पनि यस्ता कार्यक्रम समेटी सेवा पुर्याउन कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा मोरंग उद्योग व्यापार संघका बरिष्ट उपाध्यक्ष अनिल कुमार साह,संघका सिइयो कृष्ण रेग्मी,वडाध्यक्ष कमल कुमार वस्नेत,कार्यपालिका सदस्य गंगा लिम्बू फेवा सेकेण्डरी बोर्डिंगस्कुलका प्रिन्सिपल जेपी मल्ल लगायत दर्जन जतिको आतिथ्यता रहेको थियो ।