२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता हुँदै

Author Uttari Morang
बिहिबार, साउन ०२, २०८२
बेलबारीमा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता हुँदै

मोरङको बेलबारीमा दि टिम बेलबारीको आयोजनामा पहिलोपटक सोलो डान्स युनिभर्स नामक एकल नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।

सोमबार एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी दिइएको हो । श्रावण १ गतेदेखि सुरु हुने अडिसनको उद्घाटन कार्यक्रम बेलबारी स्थित हाइ अल्टिच्युड डान्स सेन्टरमा छ। कार्यक्रमका संयोजक सुलभ खतिवडाका अनुसार प्रतियोगितामा प्रतियोगितामा बेलबारी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुनेछन् । सहभागीका लागि ३०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने डान्स कार्यशालामा सहभागी हुन चाहनेले एक हजार रुपैयाँ तिर्नुपर्नेछ ।

आयोजकका अनुसार करिब ५०० विद्यार्थीहरुको सहभागितामा अडिसन मार्फत छनोट प्रक्रिया सुरु गरिनेछ। पाँच चरणको प्रतिस्पर्धा पछि उत्कृष्ट २० जना प्रतियोगीहरुलाई फाइनलमा प्रवेश गराइनेछ।
प्रतियोगितामा प्रथम हुनेलाइ ३० हजार रुपैयाँ र ३ महिनाको निःशुल्क डान्स क्लास मेडल र ट्रफी प्रदान गरिनेछ। त्यस्तै दोस्रो हुनेले २० हजार नगद , ३ महिनाको निःशुल्क डान्स क्लास मेडल र ट्रफी प्राप्त गर्नेछन् । तेस्रो पुरस्कार नगद १० हजार ३ महिनाको निःशुल्क डान्स क्लास मेडल र ट्रफी प्रदान गरिनेछ ।
आयोजकका अनुसार चौथो र पाँचौं पुरस्कार जनही ५ हजार रुपैयाँ र ६ महिनाको निःशुल्क डान्स क्लास प्रदान गरिनेछ । त्यसैगरी छैठौं देखि दशौ स्थानसम्म एक वर्षको निशुल्क डान्स क्लास र प्रमाणपत्रसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ।