२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

कार्तिक १५ देखि हुनेभो दोस्रो पथरीशनिश्चरे गोल्डकप

Author Uttari Morang
मंगलबार, आषाढ १७, २०८२
कार्तिक १५ देखि हुनेभो दोस्रो पथरीशनिश्चरे गोल्डकप

मोरङ पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ गतेदेखि हुने भएको छ ।
आयोजक पथरी—११, फुटबल क्लवले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर सो बारे जानकारी गराएको हो । क्लवका अध्यक्ष सुमन विकले दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता आगामी कार्तिक १५ देखि २२ गतेसम्म हुने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख, दोस्रो हुनेलाई २ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने अध्यक्ष सुमन विकले बताउनुभयो । प्रतियोगितामा प्रथम गोल्डकपमा सहभागी भएका टिमहरुलाई पहिलो प्राथमिकता दिइने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न ६० लाख लागत अनुमान गरिएको अध्यक्ष विकले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, स्थानीय समाजसेवी प्रदीपकुमार राई, गोल्डकप प्रतियोगिता खेल संयोजक जितेन राई, कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत, खेल प्रेमि भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पथरी—११ फुटबल क्लवका सचिव केशर राईले सञ्चालन गर्नुभएको थियो ।