२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

पथरीमा चर्चित नाटक ‘चरणदास चोर’ प्रदर्शन हुँदै

Author Uttari Morang
शनिबार, साउन २५, २०८२
पथरीमा चर्चित नाटक ‘चरणदास चोर’ प्रदर्शन हुँदै

भारतीय नाटककार हबिब तनवीरद्वारा लिखित चर्चित नाटक ‘चरणदास चोर’ मोरङको पथरीमा मञ्चनहुने भएको छ ।
पथरीशनिश्चरेमा स्थापित ‘शब्द थिएटर’को ब्यानरमा साउन ३१ गतेदेखि हरियाली सामुदायिक वनको हलमा प्रदर्शन हुने नाटक जीवन बरालले निर्देशन गर्दैछन् ।
भारत, बंगलादेश र नेपालमा निक्कै चर्चा कमाएको नाटक चरणदास चोर पथरीको पञ्चायत माविमा रियल्सन भइरहेको छ । नाटकलाई स्थानीय परिवेशमा ढालिएको निर्देशक जीवन बरालले बताउनुभयो ।
नाटकमा अशोक साम्पाङ, सुमन कुइकेल, प्रेम खतिवडा, सन्तोष राई, पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेतको अभियन रहनेछन् ।
त्यसैगरी ग्रिष्म लिम्बू, अनिशा श्रेष्ठ लगायतका कलाकारहरुको भूमिका रहने नाटकमा कोरियोग्राफ राम विकले गर्नेछन् । संगीत संयोजन पुष्प राईको रहने नाटकको सहायक निर्देशन सुमन कुइकेल र प्रेम खतिवडाको रहने शब्द थिएटरले जनाएको छ ।
नाटक चरणदास चोरको नेपालीमा अनुवाद राजन खतिवडा र अशान्त शर्माले गर्नुभएको थियो । शब्द थिएटरले यस अघि ‘अनि देउराली रुन्छ’ प्रदर्शन गरेका थिए । हबिबले सन १९७५ मा लेखेको नाटकमा दरबारकी रानीले समेत मन पराएको एउटा चोर कथा रहेको छ ।
शब्द थिएटरले आज साउन २२ गते पत्रकार सम्मेलनको आयोजना गरेर नाटक बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नाटक निर्देशक जीवन बराल, कलाकारसमेत रहेका शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङ राई, सदस्य ईश्वर दुलाल, सहायक निर्देशकहरु र कलाकारहरुको उपस्थिति रहेको थियो ।