२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

सामाजिक ब्यक्तित्वहरु सहित बेलवारीले एकैपटक गुमायो चारजना

Author Uttari Morang
शनिबार, आश्विन ०४, २०८२
सामाजिक ब्यक्तित्वहरु सहित बेलवारीले एकैपटक गुमायो चारजना

बेलबारीले एकैपटक चारजना सामाजिक ब्यक्तिहरु गुमाएको छ ।
असोज २ गते अर्थात बिहीबार साँझ लगभग एकै समयमा बेलबारी -३ निबासी शेषराज घिमिरे बेलबारी २ लालभित्तीका हाेमबहादुर पिठाकाेटे मगरकाे निधन भएको छ । पुर्व प्रहरी रहेका दुवैजना मध्ये घिमिरे विभिन्न संघ संस्था मार्फत सामाजिक क्षेत्रमा सक्रिय थिए । नेपाली कांग्रेसमा आवद्ध घिमिरेले पछिल्लो समय लोहोन्द्रा गंगाधाम निर्माण समितिमा रहेर महत्वपूर्ण योगदान गरेका थिए । घिमिरे बेलबारी भोजपुर सेवा समितिका अध्यक्ष समेत हुन् ।
पिठाकोटे भुतपुर्व सैनिक-प्रहरी संघ मार्फत संचालित बेतना सेक्युरिटी सर्भिस र पुष्पान्जली सहकारीको ब्यबस्थापनमा सक्रिय थिए ।
त्यसैगरी बेलबारीका हरि चेम्जोङ, र निर्मल श्रेष्ठको पनि निधन भएको छ । उनीहरू पनि सामाजिक रूपमा परिचित ब्यक्तिहरु थिए ।