२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एउटै कार्यालय बन्दै नापी र मालपोत, नयाँ आर्थिक बर्षबाट कार्यान्वयनको तयारी

Author Uttari Morang
शनिबार, चैत्र २८, २०८२
एउटै कार्यालय बन्दै नापी र मालपोत, नयाँ आर्थिक बर्षबाट कार्यान्वयनको तयारी

सरकारले मालपोत कार्यालय र नापी कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउने गृहकार्य सुरु गरेको छ।

नापी र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत कार्यालय बनाउन आवश्यक तयारी गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएपछि एउटै कार्यालय बनाउन छलफल सुरु भएको भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रबक्ता गणेश भट्टले बताए ।
एकीकृत कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ अथवा ‘भूमि प्रशासन कार्यालय’ रहने बताइएको छ।
नापी र मालपोत कार्यालयलाई गाभेर एउटै कार्यालय बनाउन  विभिन्न चरण र विभिन्न तहमा छलफल सुरु गरिरहेको र प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशनअनुसार गृहकार्य सुरु भएको नापी र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत कार्यालय बनाउन आवश्यक तयारी गरिएको बताइएको छ । स्रोतका अनुसार  सम्भवतः अर्को आर्थिक वर्षबाट नापी र मालपोत एउटै कार्यालय हुने मन्त्रालयका एक उच्च कर्मचारीले बताए।