२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङका दुई युवाले शुरु गरे मेची महाकाली कला यात्रा 

Author Uttari Morang
सोमबार, जेठ ०४, २०८३
मोरङका दुई युवाले शुरु गरे मेची महाकाली कला यात्रा 

कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मोरङका दुई युवाहरूले मेची महाकाली कला यात्रा  सुरु गरेका छन्।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मी मार्ग का सगुन पोखरेल र पथरीका सरोज तामाङले आफ्नो कला यात्रा सुरु गरेका हुन् । लक्ष्मी मार्गमा  आयोजित एक कार्यक्रम बीच सोमबार बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख अतिथ्यतामा उनीहरूको यात्रा शुभारम्भ गरिएको छ। आम्लाबुङ कला साहित्य संसार र सखी फाइन आर्ट्सको संयोजनमा भएको कार्यक्रममा आम्लाबुङ कला साहित्य संसारका अध्यक्ष धनजित पराजुली र सखी फाइन आर्ट्सका गणेश लामा लगायत विभिन्न व्यक्ति संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

चित्रकला मार्फत कलाकारिता क्षेत्रमा क्रियाशील रहेका साइकल मार्फत मेची महाकाली यात्रा सुरु गरेका युवाहरुले नेपालका विभिन्न स्थानमा भएका पर्यटकीय तथा सांस्कृतिक महत्वका स्थलहरू मा गएर चित्रकला मार्फत सो ठाउँको आकृति उतार्नेछन् । कला यात्राका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेका छन्  । १ देखि डेढ महिना लाग्ने अनुमान गरिएको कला यात्रा सम्पन्न भएपछि आफूहरूले तयार गरेका कलाहरूको प्रदर्शनी गर्ने र काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा गएर ती कलाकृतिहरू बिक्रीसमेत गर्ने उद्देश्य रहेको कला यात्रामा सहभागी मध्यका सगुन पोखरेलले बताए।