२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

राजकुमार राईको उपचार खर्च सार्वजनिक, दिदी देशमायाका लागि घर वनाईदिने निर्णय

Author Uttari Morang
शुक्रबार, भाद्र ०८, २०७५
राजकुमार राईको उपचार खर्च सार्वजनिक, दिदी देशमायाका लागि घर वनाईदिने निर्णय

बेलबारी, माेरङ/ उपचारकाे क्रममा मृत्यु भएका बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीका राजकुमार राईकाे उपचारका लागि उठेकाे रकम  सार्वजनिक गरेकाे छ ।

अादर्श टाेलविकास संस्था बेलबारीले  पत्रकार सम्मेलन गरेर राजकुमारकाे उपचारका क्रममा उठेकाे खर्चकाे विवरण सार्वजनिक गरेकाे छ ।

पत्रकार सम्मेलनमा दिईएकाे जानकारी राजकुमारकाे उपचारका लागि १ लाख ३० हजार ५ सय १९ रुपैया जम्मा भएकाेमा रु ९९ हजार ९ सय १२ खर्च भएकाे वताएकाे छ ।

टाेलविकास संस्थाका अध्यक्ष रन्जित गुरुङ वचेकाे रकम मृतककी दिदी देशमाया राईकाे उपचारमा खर्च गर्ने वताए । बिहीबार सम्पन्न पत्रकार सम्मेलनमा पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरकार्यपालिकाका सदस्य खिनमाया थापा, वाडा सदस्य कृष्णबहादुर लिम्बू, विभिन्न टाेल विकास संस्थाका प्रतिनिधिहरुकाे पनि उपस्थिती रहेकाे थियाे ।

साथै बिहीबारको टाेलविकास संस्थाकाे वैठकले मृतककी दिदीकाे अावासका लागि घर वनाईदिने निर्णय पनि गरेकाे छ ।