२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि

Author Uttari Morang
आइतबार, आश्विन १४, २०७५
कुसुमे फुटबल क्लबले जित्यो प्रथम स्मृति नकआउट फुटबलको उपाधि

 बेलबारी, मोरङ । मोरङको बेलबारीमा संपन्न प्रथम स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे फुटबल क्लब केराबारीले हात पारेको छ ।

शनिबार  अर्थात असोज १३ गते भएको फाइनल खेलमा बेतना फुटबल क्लब बेलबारीलाई ० का बिरुद्ध २ गोल गर्दै कुसुमे फुटबल क्लब केराबारीले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै कुसुमे फुटबल क्लबले नगद रु ३० हजार ५ सय साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने दोस्रो भएको बेतना फुटबल क्लब बेलबारीले नगद रु १५ हजार ५ सय साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।

प्रतियोगितामा सगरमाथा युथ क्लब सुन्दरहरैचा, बेतना फुटबल क्लब बेलबारी, बेलबारी फुटबल क्लब बेलबारी, डागीहाट फुटबल क्लब  लक्ष्मीमार्ग सहभागी थिए  । त्यस्तै लेटाङ फुटबल क्लब लेटाङ, नवसोच युवा समुह बेलबारी, कुसुमे फुटबल क्लब केराबारी र आयोजक समेेत गरी ८ टिमको  सहभागिता थियो ।

स्मृति फुटबल युवा समुह बेलबारी–४ को आयोजना र ईमानसिंह फुटबल क्लबको सह-आयोजनामा  बेलबारी –३ स्थित बेलबारी रंगशालामा असोज ६ गते प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगिताका लागि नोबेल मेडिकल कलेज बिराटनगरले मुख्य प्रायोजन गरेको थियो । शनिबार नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पनि अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई  स्वर्गीय सयुना तामाङको स्मृतिमा उनका परिवारले प्रायोजन गरेका थिए  । त्यस्तै डेल्टा स्कुल बेलबारीले प्रतियोगिताको सहप्रायोजन गरेको थियो  । बेलबारी नगरपालिका, पाराङ्हा कोरियन भाषा केन्द्र र बेलबारी नोबेल अस्पताल लगायत आधा दर्जन संघ संस्था सहयोगी संस्थाका रूपमा थिए  ।

प्रतियोगितामा संयन्त्र डटकम, ब्लाष्ट टाइम्स, कोशीनेपाल टीभी, रेडियो बेतना, बेतना दैनिक लगायत अफिसियल मिडिया थिए ।

प्रतियोगिताबाट बचेको रकमले बेलबारी नगरभित्रका सामुदायिक बिद्यालयकमा अध्ययनरत बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।