२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

तीन दर्जन गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्राबिधिक शिक्षा दिलायो बेलबारी नगरपालिकाले

Author Uttari Morang
शुक्रबार, कार्तिक ०९, २०७५
तीन दर्जन गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्राबिधिक शिक्षा दिलायो बेलबारी नगरपालिकाले

दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बेलबारी नगरपालिकाले बिभिन्न बिषयमा  प्राबिधिकहरु पढाउने कार्यक्रम शुरु गरेको छ ।

नगरपालिकाले ३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा पढाउन थालेको हो  । नगरपालिकाले सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ्ग, डिप्लोमा ईन सिभिल लगायतका बिषयमा  पठन पाठनका लागि सहयोग गरेको  छ ।

नगरपालिकाले ‘शैक्षिक ऋण उपहार कार्यक्रम’ नै ल्याएर  पठनपाठन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्नका लागि बिद्यार्थीहरुको पठनपाठनका लागि  गरेको नगर प्रमुख  ज्ञानेन्द्र सुबेदीले बताए । आर्थिक अभावमा कोही पनि वालवालिका शिक्षाबाट बचित नहुन् भनेर मदन भण्डारी स्मति प्रतिस्ठान नेपाल सँगको सहकार्यमा कोषको स्थापना गरिएको र सो कोषबाट बिपन्न विद्यार्थीलाई अध्ययन गराउन थालिएको  मेयर सुबेदीले बताए ।

सुवेदीका अनुसार पठनपाठनका लागि नगरपालिकाले १० लाखको कोष स्थापना गरेको छ । नगरपालिकाका अनुसार नगरको सिफारीसमा पठन पाठन गर्ने बिद्यार्थीहरुले कोर्स सकिएपछि प्रतिष्ठानमै काम गरेर शैक्षिक ऋण तिर्नुपर्ने छ । वडा कार्यालयले नगरपालिकालाई बिद्यार्थीको पारिवारिक अबस्था शैक्षिक अबस्था सहित सिफारीस गरेपछि नगरपालिकाले प्रतिष्ठानलााई  सिफारिस गरेर पठाउने र सोही आधारमा बिद्यार्थीले पठन पाठन गर्न पाउने जनाइएको छ ।