२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पहिलोपटक बिराटनगर आइपुयो भारतीय रेल, हेर्नेको घुइँचो

Author Uttari Morang
सोमबार, कार्तिक १९, २०७५
पहिलोपटक बिराटनगर आइपुयो भारतीय रेल, हेर्नेको घुइँचो

भारतको बथनाबाट विराटनगर महानगरपालिका १८ बुधनगरसम्म पहिलो पटक मालबहाक रेल आइपुगेको छ ।

परिक्षणका रूपमा आइतबार दिउँसो साढे २ बजे नेपाली भुभागको तीन सहित आठ किलोमिटरको दूरी पार गरी रेलको इन्जिन ल्याइएको हो । रेल–वे परीक्षणका लागि पहिलो पटक रेल संचालन गरिएको हो ।  भारतीय रेल्वे र रेल्वे निर्माण कम्पनीका कर्मचारी बसेर आउँदा नेपाली भूमिमा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगर स्थित नेपाली कष्टम यार्डसम्म आएको थियो ।
पहिलो चरणमा आठ किलोमिटर  रेलमार्ग निर्माण भइसकेको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ । तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ । नेपालतर्फ मुआब्जालगायतका विवाद समाधान भए डेढ वर्ष्भित्र पुरै क्षेत्रमा रेल संचालन गर्ने सकिने भारतको नर्थइस्ट रेल्वेका डेपुटी चिफ एस विश्वासले जानकारी दिए ।

अबको लगभग एक महिना भित्रमा बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने निर्माण पक्षको दाबी छ । आगामी डिसेम्बर १२ दिनका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलमार्गको उद्धघाटन गर्ने बताइएको छ । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।