२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

छैठ पर्वतर्फ पहाडी समुदायका मानिसहरुको पनि आकर्षण बढ्दै

Author Uttari Morang
मंगलबार, कार्तिक २७, २०७५
छैठ पर्वतर्फ पहाडी समुदायका मानिसहरुको पनि आकर्षण बढ्दै

केशु विरही, बेलबारी, माेरङ/ मधेसी समुदायका मानिसकाे मात्र मानिने छैठ पर्वमा पछिल्लाे समयमा पहाडे समुदायकाे पनि अाकर्षण वढ्दै गएकाे छ ।

अस्ताउँदाे सूर्य अर्घ दिएर मनाउने याे पर्वमा मधेसी समूदायका मानिसकाे भन्दा पहाडे समूदायकाे वाक्लाे उपस्थिती देख्न सकिन्छ ।

मोरङको बेलबारी तथा सुन्दरहरैचाका खोला किनारमा मंगलबार छठ मनाउन अाएका भक्तजनकाे उपस्थितिले साे कुराकाे पुष्ठी गरिरहेकाे थियाे । त्यहाँ मधेसी समूदायका भन्दा पहाडे समूदायकाे उपस्थिती वाक्लाे थियाे ।

दुई तीन दिन अघिदेखि नै बेलबारी र सुन्दरहरैचामा पर्ने लाेहन्द्रा नदी, किस्ती खाेला तथा अन्य जलासयहरुलाई बेहुलीजस्तै सजाईएका थिए ।

बेलबारीकाे तुलनामा किस्तीखाेलामा अायाेजना गरिएकाे छठ पूजा केही व्यवस्थित देखिन्थ्याे । त्यहाँ व्यवस्थित पूजास्थल, पिउने पानी तथा पार्किङकाे पनि राम्राे प्रवन्ध गरिएकाे थियाे ।

साथै छठ पूजा सेवा समिति सुन्दरहरैचालेे माईकिङ् नै गरेर सबैलाई उपस्थित भएर पूजामा सहभागी हुन र प्रसाद ग्रहण गर्न अाग्रह गरेकाे थियाे ।

अघिल्ला वर्षहरुका भन्दा यसपालिकाे छैठ व्यवस्थित तथा भव्य अाफूले महसुस गरेकाे प्याब्सन माेरङका उपाध्यक्ष एवम् शिद्धार्थ ईङ्लिस स्कुल सुन्दरहरैचाका प्रिन्सिपन अर्जून बस्नेत वताउँछन् ।

उनी यसले छैठ मधेष समूदायकाे मात्र पर्व हाे भन्ने धारणाकाे अन्त्य भएर चाडवाड सबैका साझा हुन भन्ने मान्यताकाे विकास भएकाे वताउछन् ।

सामाजिक सद्धावकाे खाँचाे महसुस गरिरहेकाे वेलामा छैठले जातीय तथा सामाजिक सद्भाव वढाउन काेसेढुङ्गाे सावित हुने अासा गरिएकाे छ ।