२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

वडा कार्यालयद्वारा दुई विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक बितरण

Author Uttari Morang
शुक्रबार, मंसिर १४, २०७५
वडा कार्यालयद्वारा दुई विद्यालयका ५० जना विद्यार्थीलाई पोशाक बितरण

मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ ले सिंहदेवी आधाभुत तथा कविर माध्यमिक बिद्यालयका ५० जना बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेको छ ।

बेलबारी २ स्थित सिंहदेवी स्कुलका २० जना तथा कविर स्कुलका ३० जना बिद्यार्थीहरुलाई पोशाक बितरण गरीएको वडा अध्यक्ष घनश्याम गौतमले बताए । बिद्यालयमा अध्यन गर्ने गरिव, जेहेन्दार तथा दलित वालवालिका बिद्यार्थीहरुलाई पोशक बितरण गरेको हो ।

पोशाक अभावमा कुनै पनि बिद्यार्थी बिद्यालय जानबाट बच्ति नहुन भनेर पोशाक बितरण गरीएको वडा सदस्य तथा कार्यपालिका सदस्य खिना थापा बस्नेतले बताईन् । वडा कार्यालयले केहि महिना अगाडि बिद्यार्थीहरुलाई झोला, स्टेसनरी तथा जुत्ता बितरण गरेको थियो । बिभिन्न समस्याका कारण बिद्यालय नआएका वालवालिकाहरुका लागि वडा कार्यालयले गरेको अभियानले सहयोग पुग्ने बिद्यलयका प्रधानाध्यापक हरि कार्कीले बताए । ।