२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

उत्कृष्ट १२ मा परेपनि मिस वर्ल्डको ताज जित्न सकिनन् शृङ्खलाले, मेक्सिकोले जित्यो मिस वर्ल्ड

Author Uttari Morang
शनिबार, मंसिर २२, २०७५
उत्कृष्ट १२ मा परेपनि मिस वर्ल्डको ताज जित्न सकिनन् शृङ्खलाले, मेक्सिकोले जित्यो मिस वर्ल्ड

दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेपनि मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ को उपाधि जित्ने सपना अधुरो बनेको  छ ।

उनी मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी थिइन्  तर अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भइन् ।

उत्कृष्ट १२ मा परेपछि उनले घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन् । शृङ्खलाले मिस वर्ल्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितिसकेकी छिन् ।

उनले उपाधि नजिते पनि ‘लाखौँ नेपालीको मन जितिसकेको’ नेपालीहरुले सामाजिक संजाल मार्फत  प्रतिक्रिया दिएका छन् । उनले साथ र सहयोगका निम्ति नेपाल र समर्थकलाई धन्यवाद दिएकी छिन् ।

मिस वर्ल्डको ताज मेक्सिकोलाई 

मेक्सिकोकी भेनेसा पोन्चले मिस वर्ल्डको ताज पहिरिएकी छिन्  । त्यस्तै फस्ट रनरअप थाईल्याण्डकी निकोलेन लिम्सनुकन भएकी छन् । जमईका, मेक्सिको, युगान्डा , बेलारस र थाईल्याण्ड उत्कृष्ट ५ मा परेका थिए ।