२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

भजनकीर्तन लोप हुँदै गए ग्रामीण भेगका बस्तीहरुमा

Author Uttari Morang
बिहिबार, मंसिर २७, २०७५
भजनकीर्तन लोप हुँदै गए  ग्रामीण भेगका बस्तीहरुमा

दिपेन्द्र यादव, इनरुवा । अहिलेको डिजिटल युगका युवापुस्ताहरुको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाका ग्रामीण भेगका विभिन्न बस्तीहरुमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेका छन ।

भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्ताहरुमा अहिलेको आधुनिक जमानामा रक, पप र विदेशी गीतप्रतिको मोहले भजनकीर्तन जोगाउन मुस्किल हुँदै गएको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए ।

वडाध्यक्ष यादवका अनुसार करीब एक दशकयतादेखि गाउँ भन्दा शहरबजारमा नै देखिन र सुनिन छाडेको भजनकीर्तन अहिले कम मात्रामा सुनिन थालेको बताए ।

त्यस्तै भजन कृतनका मण्डलीहरुलाई गाउँघरमा समेत विस्तारै खोज्नुपर्ने अवस्थामा पुगेको पण्डित राधारमण दास बताए । “हिन्दूलाई विदेशी धर्मले आक्रमण गरेको छ । धर्मको जर्गेना गर्ने भजनकीर्तन हराउँदै गएका छन्” ।

यता भजनको पुरानै मार्मिकतालाई निरन्तरता दिन सरकारी निकायबाट कार्यक्रम तथा धार्मिक मन्दिरबीच सहकार्य आवश्यकता रहेको भजनकीर्तन मण्डलीका अगुवा हरिकिसुन मण्डलको भनाइ छ । धार्मिक क्षेत्रका जानकारले वडास्तरमै भजनकीर्तन समूह बनाएर युवालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिएपनि गाउँपालिकाको सहयोग नगाएकाले उनीहरु निराश बनेका छन् ।