२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा स्वास्थ्य बीमा सम्वन्धी अभिमूखिकरण कार्यक्रम

Author Uttari Morang
सोमबार, पुष ०२, २०७५
बेलबारीमा स्वास्थ्य बीमा सम्वन्धी अभिमूखिकरण कार्यक्रम

बेलबारी, माेरङ/ स्थानीय तहका सराेकालवालाहरुका लागि स्वास्थ्य बीमा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम बेलबारीमा अाज सम्पन्न भएकाे छ ।

नेपाल सरकार स्वास्थ्य वीमा वाेर्ड प्रदेश नं १ शाखा कार्यालय विराटनगरकाे अायाेजनामा बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमा नगरपालिकाका विभिन्न सराेकारवालाहरु सहभागी थिए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काङ्रेसका शम्भू भण्डारी, नेकपाका पर्शुराम सुवेदी, संघीय समाजवादी फाेरमका तिलक राई, उद्याेग वाणिज्य संघ बेलबारीका राजेश कार्की, बेलबारी जेसिसका राजन प्रसाईं, रेडियाे बेतनाका अध्यक्ष भाेजराज बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे ।

बेलबारी नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख शन्ताेष विस्वकर्माले तालिमकाे अाैचित्यकाे वारेमा प्रष्ट पारेकाा थिए भने उक्त तालिमकाे सहजिकरण
भने स्वास्थ्य विमा वाेर्डका दर्ता अधिकारी खेम अधिकारी र दिलिप पाेख्रेलले गरेका थिए ।

स्वास्थ्य विमा बाेर्डले दिएकाे जानकारी अनुसार २०७२ सालमा कैलालीबाट सुरु भएकाे याे कार्यक्रम ४७ अाैँ जिल्लाका रुपमा माेरङमा संचालन भैरहेकाे छ ।